Rule 4
इजाजतपत्र दिनुपर्ने

४. इजाजतपत्र दिनुपर्ने :-

नियम ३ बमोजिम परेको दरखास्त जाँचबुझ गर्दा इजाजतपत्र दिन मनासिब देखिएमा खण्ड क, ख, र ग को हकमा मन्त्रालय र खण्ड ९घ को हकमा गाउँ विकास समिति क्षेत्रभित्र जिल्ला विकास समिति र नगरपालिका क्षेत्रभित्र नगरपालिकाले नियम ५ मा उल्लिखित दस्तुर लिई दरखास्तवालालाई देहायका ढाँचामा इजाजतपत्र दिनुपर्नेछ :–

क .चलचित्र निर्माण गर्न अनुसूची–५ बमोजिमको ढाँचामा,
ख. चलचित्र वितरण गर्न अनुसूची–६ बमोजिमको ढाँचामा,
ग.चलचित्र प्रदर्शन गर्न अनुसूची–७ बमोजिमको ढाँचामा र
घ. चलचित्र घर निर्माण गरी चलाउन अनुसूची–८ बमोजिमको ढाँ